म उठ्ने–नउठ्ने टुंगो गरेको छैन
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा सहमतिका लागि आफूले कसैलाई आग्रह नगर्ने बताएका छन्। सहमतिको आग्रह गर्दा दबाब दिएजस्तो हुने भएकाले यस’bout नबोल्ने अध्यक्ष ओलीले प्रस्ट पारेका छन्। बरु उनले ‘चुनावी प्रतिस्पर्धामा आए हुन्छ’, भनेका छन्। ‘सहमतिका लागि आग्रह गर्दिनँ’, अध्यक्ष ओलीले मंगलबार सञ्चारकर्मीसमक्ष भने, ‘नेताहरूको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ।’ पदाधिकारीको चुनावी प्रतिस्पर्धामा आफू बाधक नबन्ने ओलीले बताए। ‘लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक दबाब पुग्ने काम पनि गर्दिनँ’, ओलीले भने। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/11/2021
सहमतिको आग्रह गर्दिनँ, चुनाव जित्नुपर्छ : ओली
Posted in समाचार
कांग्रेस महाधिवेशन प्रतिनिधि चयनमै कडा टक्कर
प्रारम्भिक नतिजाले संस्थापनइतर समूहबीच साझा उम्मेदवार घोषणा गरेमा सभापति देउवाका लागि चुनौती
काठमाडौँ — कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनदेखि नै संस्थापन र संस्थापनइतर पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । सोमबारदेखि सुरु प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा देशैभर संस्थापन र इतरपक्षको प्यानलबीच चुनाव भएको थियो । सोमबार सुरु हुन नसकेका जिल्लामा मंगलबार पनि चुनाव भएका छन् । कुल १ सय ६५ निर्वाचन क्षेत्रबाट करिब ४ हजार २ सय महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम २५ देखि अधिकतम २७ जनासम्म निर्वाचित हुने व्यवस्था छ । विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रतिनिधि चयन हुने व्यवस्था भए पनि अल्पसंख्यक र अपांग व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न संख्या थपिएको हो । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले सोमबार १ सय २५ निर्वाचन क्षेत्रको अधिवेशन भए पनि नतिजा आइनसकेको बताए । उनका अनुसार मंगलबार पनि धेरै ठाउँमा मतगणना जारी छ । ‘बुधबारसम्म सबै ठाउँका नतिजा आउने आशा गरिएको छ,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार