Daily Archives: 23/11/2021

प्रतिनिधिमा युवाको बाहुल्य : देउवा र पौडेललाई चुनौती


प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ६५ प्रतिशतसम्म युवा आउने अनुमान
कुलचन्द्र न्यौपाने
Sher Bahadur Deuba Ram Chandra Paudel Krishna Prasad Sitaulaकाठमाडौँ — कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा संख्या बढ्ने भएपछि नेतृत्व लिन प्रतिस्पर्धा गरिरहेका पहिलो पुस्तालाई चुनौती थपिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउँदा देशैभरबाट निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधिमा युवाको संख्या बढ्ने भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने करिब ४२ सय प्रतिनिधिमा ६० देखि ६५ प्रतिशत युवा आउने अनुमान छ । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार भएको १ सय २५ क्षेत्रको अधिवेशनमा युवा उम्मेदवारको संख्या उल्लेखनीय छ । निर्वाचन परिणाम आउन समय लाग्ने भए पनि युवा प्रतिनिधित्व ६० देखि ६५ प्रतिशत हाराहारीमा हुने अनुमान छ । क्रियाशील सदस्यताको विवादले ढिलो सुरु भएको प्रदेश २ को ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा भने गाउँ र नगरपालिका तहकै अधिवेशन जारी छ । पढ्नेक्रम जारी राख्नुहोस्

चितवन महाधिवेशनले दिन खोजेको ५ सन्देश


महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म हुने अधिवेशनमा नेता–कार्यकर्तामात्र होइन, आमजनतालाई सहभागी गराएर एमालेले आफ्नो राजनीतिक सन्देश तल्लो तहसम्म पुर्‍याउन खोजेको छ
गंगा बीसी
thumbकाठमाडौँ — सत्ता बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको एमालेको १० औं महाधिवेशनले मुख्य रूपमा पाँच वटा सन्देश दिन खोजेको छ । महाधिवेशनको मुख्य काम नेतृत्व चयन भए पनि विभाजन भएको पार्टीलाई गति दिँदै राष्ट्रिय चुनौती सामना गर्न सक्षम रहेको सन्देश उसले दिन खोजेको छ । चितवन नारायणी किनारमा हुन लागेको महाधिवेशनले एमाले कमजोर भएको छैन भन्ने पहिलो सन्देश दिने प्रयास गर्नेछ । उद्घाटन सत्रका लागि एमालेले पाँच लाख व्यक्ति चितवनमा उतार्ने दाबी गरेको छ । यसको तयारीका लागि उसले महाधिवेशन उद्घाटनमा सहभागी हुन चितवनमा घरघरै निम्ता पठाएको छ । पार्टी समर्थकबाहेक अरूलाई पनि उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेको उसले जनाएको छ । एमालेबाट माधवकुमार नेपाल समूहबिना यो महाधिवेशनमा नारायणी किनारमा ‘जनसागर’ उराल्ने एमालेको तयारी छ । पढ्नेक्रम जारी राख्नुहोस्