Daily Archives: 21/11/2021

सर्वोच्चभित्र तैनाथ सशस्त्र र दंगा प्रहरी हटाउन बारको माग


thumbकाठमाडौँ — नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दंगा प्रहरी हटाउन माग गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको बताए । आइतबार बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले भने, ‘कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र सशस्त्र र दंगा प्रहरी राखिएको छ । यो निन्दनीय छ । यसको अन्त्यका लागि हामीले सम्बन्धित निकायलाई अनुगमन गर्न आह्वान गर्छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतले तमू ल्होसार डिसेम्बर ३१ तारिक मनाउने।


Screenshot-2021-11-20-195911कुबेत सिटी – कुवेतमा तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुबेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार एक भब्य कार्यक्रमको आयोजना गरी हर्सोल्लासका साथ मनाउने भएको छ । संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार (पौष १५)लाई राष्ट्रिय तथा सास्कृतिक चाडको रुपमा मनाउने गर्दछ। यसलाई बर्षभरीको मुख्य चाडको रुपमा मनाइन्छ । पौष १५ को रात सबै भन्दा लामो हुने र यस पछीको रातहरु क्रमश छोटिदै जाने भएकोले पनि तमू (गुरुङ) समुदायमा यस चाडको बिशेष महत्व छ । तमू (गुरुङ) हरुको पारम्परिक ल्हो कोर (बर्ग चक्र) अनुसार पौष १५ का दिन पुरानो ‘ल्हो’ को समय अवधी सकिने र नयाँ अर्को ‘ल्हो’ को पालो आउने भएकोले पुरानो ‘ल्हो’ लाई बिदाइ गरी नयाँ ‘ल्हो’ लाई भब्य स्वागत गर्ने गरिन्छ, यस बर्ष ‘ल्वो ल्हो’ (गाई बर्ग) को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग) को स्वागत गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द श्रेष्ठ


mesc 2021कुवेत सिटी- कुवेतको नेपाली समाजमा २१ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ वर्षिक उत्सब हिजो १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुबेतको फरवानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्