Daily Archives: 18/11/2021

अदालतमा आगो लागिरहँदा दलहरू भाग्न पाउँदैनन्


मुलुकको सर्वोच्च न्यायालय इतिहासकै सर्वोच्च संकटमा छ, इजलासहरू तीन सातादेखि ठप्पप्रायः छन्, पदासीन प्रधानन्यायाधीशमा चरम विचलन देखिएको भन्दै स्वयं न्यायाधीशहरू र बार आन्दोलित छन्, तापनि निकास निस्कने चाँदीको घेरासमेत देखिएको छैन । लोकतान्त्रिक राज्यका तीन स्तम्भ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिपृथकीकरण र शक्ति सन्तुलनको सम्बन्ध हुन्छ । कुनै पनि स्तम्भमा संकट उत्पन्न भए अरू स्तम्भले भूमिका खेल्नुपर्छ भन्ने सिद्धान्त र अभ्यास पनि छ । त्यसैले कार्यपालिका र न्यायपालिका प्रमुखको चयन तथा उनीहरूमाथिको कारबाहीमा व्यवस्थापिकाको प्रत्यक्ष भूमिका हुन्छ । व्यवस्थापिका भनेको कुनै अमूर्त बिम्ब होइन, जनताबाट निर्वाचित प्रतिनिधिहरूको मूर्त संरचना हो, जसको परिचालन दलहरूले गर्छन् । त्यस्तै कार्यपालिका प्रमुख पनि दलका नेता नै हुन्, जसले संवैधानिक परिषद्को अध्यक्षता गरेका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्