Daily Archives: 15/11/2021

जबरा आफैं नहटे महाअभियोग ल्याउन कांग्रेसमा दबाब


उच्चस्तरीय राजनीतिक समन्वय समितिमा न्यायालयको विषयलाई छलफल गराउने कांग्रेस वरिष्ठ नेता पौडेलको तयारी
कुलचन्द्र न्यौपाने
thumbकाठमाडौँ — सत्ता गठबन्धन दल मौन बस्दा न्यायालयको संकट लम्बिँदै गएको भन्दै कांग्रेस संस्थापनइतर खेमाका नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं वरिष्ठ नेता रामचन्द्र पौडेललाई निकास खोज्न दबाब दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिइराखे महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । देउवा र उनीपक्षीय नेताहरूले भने न्यायालयको विषयमा बैठकमा कुनै प्रतिक्रिया दिएनन् । पढ्नेक्रम जारी राख्नुहोस्