काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने जानकारी दिए। न्यायपालिकामा रहेको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदममा समर्थन गर्न बारले आह्वान गरेको छ। यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रम गरिसकेको छ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सुरु गरेको विरोधको दोस्रो चरणमा कसरी अगाडि बढ्ने भनेर आइतबार इकाईका पदाधिकारीसँग छलफल गरेको थियो।इकाईका पदाधिकारीले दिनहुँ अदालत ठप्प पार्दा समस्या हुने भएकाले प्रधानन्यायाधीशको राजीनामाको माग राखेर कुनै एक दिन मुलुकभरका अदालत ठप्प पार्नुपर्ने सुझाव दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/11/2021
प्रधानन्यायाधीश जबराविरुद्ध कठोर बन्दै बार, आज पनि विरोध
Posted in समाचार
कांग्रेस प्रदेश नेतृत्वमा आकांक्षीको लहर
प्रदेश अधिवेशनको नतिजाबाट त्यसको एक सातापछि हुने केन्द्रीय महाधिवेशनको परिणाम आकलन गर्न सकिने भएकाले आफूपक्षीयलाई जिताउन शीर्ष नेताहरु सक्रिय
कलेन्द्र सेजुवाल
काठमाडौँ — कांग्रेसको मंसिर १६–१७ मा हुने प्रदेश अधिवेशनमा आफूपक्षीयलाई जिताउन शीर्ष नेताहरू सक्रिय हुन थालेका छन् । प्रदेश अधिवेशनको नतिजाबाट त्यसको एक सातापछि हुने केन्द्रीय महाधिवेशनको परिणाम आकलन गर्न सकिने भएकाले उनीहरूको सक्रियता बढेको हो । पार्टीको विधानले प्रदेश कार्यसमितिलाई बलियो हैसियत दिएका कारण आकांक्षी पनि धेरै देखिएका छन् । प्रदेश १ मा संस्थापन समूहले केन्द्रीय सदस्यद्वय भीष्मराज आङ्दम्बे वा अमृत अर्याललाई अघि सार्न खोजेको छ । संस्थापनइतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे र प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालामध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । उनीहरू दुवै जना नेता शेखर कोइरालानिकट मानिन्छन् । संस्थापन समूहको पहिलो रोजाइ आङ्दम्बे भए पनि उनले आरक्षित कोटाबाट सहमहामन्त्री लड्न खोजिरहेका छन् । प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि प्रभाव रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार