सन्जिता देवकोटा
काठमाण्डौ – राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ । अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखि राहदानी विभागले परीक्षणको रूपमा जारी गर्न थाल्ने विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले जानकारी दिनुभयो । अर्को महिनादेखि नै ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक छैन भने केही समय कुरेर र्ई–पासपोर्ट नै लिन उहाँले आग्रह पनि गर्नुभयो । ‘अत्यावश्यक काम जस्तै भिसा आइसकेको छ तर पासपोर्टको म्याद सकिएको अवस्थामा, पासपोर्ट हराएमा, वा तत्काल विदेश उपचार गर्न जानु पर्ने छ तर पासपोर्ट छैन भने त्यस्तो अवस्थामा मात्र द्रुत रूपमा एमआरपी पासपोर्ट बनाउनुहोस् तर अत्यावश्यक नभएमा केही समय कुरेर र्ई–पासपोर्ट नै लिनुहोस्,’ निर्देशक शरद राजले भन्नुभयो,‘तर एमआरपीको म्याद छ भने त्यो म्याद कायम रहँदासम्म ई – पासपोर्ट बनाउन आवश्यक छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/11/2021
अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता
Posted in समाचार
तराईमा छठ पर्वको रौनक सुरु
क्रान्ति शाह
वीरगन्ज : तिहार सकिए लगत्तै तराई मधेसमा छठ पर्वको तयारी पनि सुरु भइसकेको छ। तराई मधेसका बजारहरुमा अहिले छठ पूजा र पर्वका लागि चाहिने पुजन सामाग्री, बासका सामाग्री, माटाका भाडा, फलफूल, खाद्य सामग्री, नयाँ लुगाकपडा पसलहरुमा ग्राहकहरुको भीडभाड बढेको छ। दीपावली सकिए लगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामाग्री बाँसको चोयाबाट बनाइएका छैठा (टोकरी), नाङलो र सुपली, माटोको कलश, ढकनी, कोशी दियो, फलफूल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भीडभाड देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बसको ठक्करले देउसी खेल्न हिँडेका दुईको मृत्यु, आठ जना घाइते
प्रताप विष्ट
हेटौंडा — बसको ठक्करबाट शनिबार राति देउसीभैलो खेल्न हिँडेका दुई युवकको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिक बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको हो । घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र तीन जनाको भरतपुरमा उपचार भइरहेको छ । बसले ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार