Daily Archives: 04/11/2021

प्रक्रिया पूरा गरेर एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा


pm-sherbahadur-deuba-Tia_20211104043128काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्‍बाट प्रक्रिया पूरा गरेर पास गर्ने बताएका छन्। बिहीबार बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभइ अनुदान भएकाले यसलाई प्रक्रिया पूरा गरेर अगाडि बढाउने बताएका हुन्। देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी भएर बेलायतबाट फर्किएका हुन्। बेलायतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल गरेकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

अन्तिमसम्म टिक्लान् नेतृत्वका आकांक्षी ?


केही नेता सभापतिमा चुनाव लड्ने गरी लागेका भए पनि कतिपयको उम्मेदवारी पदाधिकारीको बार्गेनिङमा टुंगिने देखिन्छ
‘उम्मेदवारी घोषणा गर्नेहरु कसैले पनि चुनावी एजेन्डा ल्याउन सकेका छैनन्, कांग्रेसको महाधिवेशनमा नेतृत्व दाबी गर्नेले स्पष्ट दृष्टिकोण र योजना ल्याउन सक्नुपर्छ’
कलेन्द्र सेजुवाल
thumbकाठमाडौँ — कांग्रेस नेता रामशरण महतले बुधबार बीपी स्टडी युथ सर्कलद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा दाबी रहने बताए । सँगसँगै उनले आफ्नो दाबीलाई कमजोर पार्ने गरी थपे, ‘तर म विचार मिल्नेहरूबीच एकताको पक्षमा छु ।’ पार्टीका पूर्वसहमहामन्त्री समेत रहेका महत वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट एकमात्र उम्मेदवार हुनुपर्छ भन्ने पक्षमा छन् । तर, महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले धमाधम नेतृत्वमा दाबी गर्न थालेपछि उनले पनि आकांक्षा प्रस्तुत गरेका हुन् । कार्यक्रम आयोजकसमेत रहेका महतनिकट युवा नेता भूपेन्द्रजंग शाहीले उनको दाबेदारीको औचित्य प्रष्ट्याउने प्रयास गरे । ‘उहाँ पार्टीको वरिष्ठ र वैचारिक नेता हुनुहुन्छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अब्बल हुनुहुन्छ,’ शाहीले भने, ‘पार्टीमा उहाँभन्दा कम योगदान भएकाहरूले दाबेदारी प्रस्तुत गरिरहँदा चुपचाप लाग्नु आफैंलाई कमजोर ठान्नु हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्