सम्मानजनक बहिर्गमन चाहने हो भने प्रधानन्यायाधीशले तुरुन्तै राजीनामा दिनुपर्छ : श्रेष्ठ


प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहन्छ : वरिष्ठ अधिवक्ता थापा
thumbकाठमाडौँ — वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले सम्मानजनक बहिर्गमनको कुरा उठाएर प्रधानन्यायाधीश जबराले कार्यकाल लम्ब्याउन खोजेको समेत आरोप लगाए । प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय शुद्धीकरणको माग राख्दै आइतबारदेखि नेपाल बार र सर्वोच्च बार एसोसियसनले आन्दोलन सुरु गरेको छ । श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यूले सम्मानजनक बहिगर्मन चाहने हो भने तुरुन्तै राजीनामा दिनुपर्छ । सुधारका कुरा गर्न तयार भएको भए पहिले नै गर्नुहुन्थ्यो नि ।’

त्यस्तै नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशहरू र प्रधानन्यायाधीशबीच वार्ताको ढोका खुल्नु सकारात्मक भए पनि राजीनामाको विकल्प नभएको बताएका छन् । सर्वोच्च अदालतले नै प्रधानन्यायाधीश जबराको सम्मानजनक बिदाइ गर्नुपर्ने पनि उनको भनाइ थियो । उनले भने, ‘प्रधानन्यायाधीशको बहिर्गमन सम्मानजनक हुनुपर्छ । हामीले त्यसमा केही भन्दैनौँ । बारले बिदाइको कार्यक्रम गर्दैन ।’

न्यायाधीश हरिकृष्णको कार्कीको प्रतिवेदनअनुसार प्रधानन्यायाधीश जबराले न्यायालयलाई शुद्धीकरण गर्नेतर्फ केही पनि काम नगरेको वरिष्ठ अधिवक्ता थापाको भनाइ छ । ‘न्यायपालिकालाई कोमामा नपुर्‍याउनुहोस् । हरिकृष्ण कार्कीको प्रतिवेदन आएको महिनौ भइसक्यो यसलाई लागू गर्ने कुुरामा उहाँले ध्यान दिनु भएको छैन ।

प्रधानन्यायाधीशको बिदाइ सर्वोच्च अदालतले राम्रोसँग गरोस्,’ उनले भने । त्यस्तै प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दामा पेसी तोकेकोमा आफूहरुलाई कुनै पनि आपत्ति नभएको उनले बताए । प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि थापाले बताए ।

यस्तै, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको अभियानले सुखद सुरुवात गरेको बताए । ‘आजबाट प्रधान्यायाधीशले बेन्च लिन छोड्नु भएको छ । हामीले उहाँलाई बेन्चमा नबस्न भनेका थियौं,’ श्रेष्ठले भने, ‘आजबाट बन्दी प्रत्यक्षीकरण हेर्न सुरु भएको छ । केही मुद्दा स्थगित भएका छन् । न्यायापालिका शुदिकरणका लागि जनताले पनि केही दु:ख बेहोर्नुपर्दछ ।’

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफूहरुको आन्दोलन व्यक्ति र संस्थाका विरुद्ध नभई न्यायापालिकाको विकृति/विसंगति समाप्तिका लागि भएको बताए । सर्वोच्च अदालतमा आगो लागेका बेला चुप बसेका नेताहरुले यसको मूल्य चुकाउनुपर्ने पनि उनले बताए । ‘अहिले राजनीतिक दलहरुले न्यायापालिकामा भएको विवादमा हस्तक्षेप नगर्ने भनेका छन् । सर्वोच्च अदालतमा आगो लागेको बेला निभाउन नआउने नेताहरुले यसको मूल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

सर्वोच्च अदालतमा आइतबार उपस्थित प्रधानन्यायाधीशबाहेक १७ न्यायाधीश छलफलमा रहेका बेला न्यायाधीश मनोज शर्मामार्फत प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.