चितवन — नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । निर्वाचनका लागि २१५३ जनाको अन्तिम मतदाता नामावली प्रकाशित भए पनि २०८१ मत मात्र खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: नोभेम्बर 2021
एमाले नेतृत्व चयनका लागि मतदान सम्पन्न
Posted in समाचार
ओलीको सूची अस्वीकार गर्दै चारजनाले दिए उम्मेदवारी
चितवन : पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ण सहमतिमा नेतृत्व चयनका लागि तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै चारजनाले उम्मेदवारी दिएका छन्। एमालेको १० औं महाधिवेशनमा एमाले नेता भीम रावल, घनश्याम भूषाल, भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष रावलले ओलीको सूचीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले दशौं महाधिवेशनको बन्दसत्रमा आइतबार मध्य राति ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम पेश गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै रावलले उम्मेदवारी दिने घोषणा गरेका थिए। उनले निर्वाचनमा भाग लिनु सबै प्रतिनिधिको अधिकार भएको बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एमाले अध्यक्षमा ओलीको उम्मेदवारी, रावलसँग प्रतिस्पर्धा हुने
काठमाडौँ — केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् । यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एमाले महाधिवेशन : प्रतिनिधिको विवेकमा बन्धन
एमाले वा बाहिरबाट पनि सौराहा महाधिवेशनमा ओलीको गर्जन वा जनसागर मात्रै देखिएको छैन । त्यहाँ त लोकतान्त्रिक विधिको पनि हत्या भएको देखिएको छ । प्रतिनिधिहरुकाे विचार र विवेकलाई नारायणीमा सेलाइरहँदा युवा नेताहरू हाँसिरहेका देखिएका छन् ।
रमन पौडेल
नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुट्दा रस्साकस्सी भएको छ । शनिबार सुरु भएको बन्द सत्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै टुंगिए पनि आइतबार बिहानैदेखि नेताहरू सहमतिको प्रयासमा लागि परेका छन् । केपी ओली र उनी निकट नेताहरू सर्वसम्मत गराउन विभिन्न नेताहरूसँग भेटेर छलफल गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा ओली पक्षकै नेताहरूबीच मतभेद भएपछि सर्वसम्मत बनाउन थप कठिन देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
हरिहरसिंह राठौर
जाजरकोट — आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
गैर आवासीय नेपाली संघ कुवेतले डिसेम्बर २४ मा भलिबल प्रतियोगिताको आयोजना गर्दै
कुवेत। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर -२४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन।
नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै कुवेतमा क्रुयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगाएत कुवेतलाइ कर्मभुमी बनाइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहने प्रवक्ता घलानले बताएका छन। उनले फहाहिल नेपालिहरुको बाक्लो बस्ती भएको र टाढा टाढाबाट आउनलाइ पनि साझा बसको अत्यन्तै राम्रो सुविधा भएको कारण पनि बढी दर्शकहरू उपस्थित हुन सक्ने बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार