Daily Archives: 28/10/2021

यी २ मुख्य कारण : जसले गर्दा अल्मुताइरी नेपाल फर्कन तयार भए


news_1616171388_20210404084759नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नयाँ सम्झौता गर्न तयार भएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि उनी सम्झौताका लागि तयार भएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए । त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन अनुरोध गरेका थिए । अल्मुताइरी भने नेपाली टिमसँग फर्किएनन् । उनी माल्दिभ्सबाटै कतार गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्