Daily Archives: 27/10/2021

प्रधानन्यायाधीशको राजीनामाको अपेक्षामा गठबन्धन


संवैधानिक व्यवस्थाअनुसार दुई–दुई पटक प्रतिनिधिसभा पुनःस्थापना गर्ने न्यायाधीशहरुको निष्ठा होइन, भागबन्डा खोज्ने प्रवृत्ति नै दलहरुलाई प्रिय
कुलचन्द्र न्यौपाने, बबिता शर्मा
thumbकाठमाडौँ — न्यायालयको स्वच्छता र स्वतन्त्रता बचाउन अदालतभित्र र बाहिर सघन बहस चलिरहँदा लोकतन्त्रका अगुवा मानिने राजनीतिक दलका नेता तमासे बनेका छन् । न्यायाधीश र कानुन व्यवसायीको दबाब बढ्दै जाँदा प्रधानन्यायाधीश आफैंले राजीनामा दिने अपेक्षा सत्तारूढ दलका नेताहरू गरेका छन् । प्रमुख प्रतिपक्षी भने न्यायालयको गम्भीर बहसलाई रमाइलो मानेर आत्मरति लिने पक्षमा देखिएको छ । न्यायपालिकालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाटै जोगाउन भन्दै पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू मात्र होइन, नेपाल बार र सर्वोच्चकै न्यायाधीशहरू एकताबद्ध हुँदा प्रमुख प्रतिपक्ष भने जबरालाई नै ‘सञ्जीवनी बुटी’ दिन सकिन्छ कि भनेर लागेको छ, एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई संविधानविद्हरूले त्यही रूपमा विश्लेषण गरेका छन् । मंगलबार पालिका अधिवेशन उद्घाटन गर्दै ओलीले भने, ‘राजीनामा दिने हो भने परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले दिनुपर्छ, प्रधानन्यायाधीश एक्लैले किन ?’ जबकि अहिले परमादेश’bout होइन, प्रधानन्यायाधीश जबराले सरकारसँग मागेको भागबन्डा र न्यायसम्पादनमा देखाएको विचलनको विषयमा बहस भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्