Daily Archives: 26/10/2021

सर्वोच्च अदालतकै न्यायाधीशहरुको सामूहिक निष्कर्ष- प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ


thumb९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेका छन् । उनीहरूले केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट्दैछन् । भेटघाटका लागि अहिले बिहान साढे ११ बजेको समय तय भएको छ । ‘उहाँहरूको सोमबारको छलफलले स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको हो’ सर्वोच्च अदालत उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तपाईंबाट अब न्यायपालिकाको नेतृत्व सम्भव हुने देखिएन । नेतृत्वमै रहे पनि न्यायपालिकाको गरिमा, निष्पक्षता र मर्यादामा आँच आउँछ । निकास दिनुस् भनेर राजीनामा माग्ने निर्णय भइसकेको रहेछ ।’ न्यायाधीशहरूले आपसी सल्लाहमै भेटघाटको एजेण्डा गोप्य राख्ने र सञ्चारमाध्यममा नबोल्ने तय गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौंमा गुपचुप ‘अवैध शरणार्थी’ सेल्टर


प्रवेश बिन्दुमा परिचयपत्र हेर्न र सोधपुछमा कडाइ गर्न गृहको निर्देशन
नेपाल भित्रिएका ११ अफगान नागरिक अध्यागमनको जिम्मामा
मातृका दाहाल
thumbकाठमाडौँ — सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण एवं विदेशी नागरिक नियमनका लागि तैनाथ संयन्त्रको लापरबाहीले द्वन्द्वग्रस्त मुलुकका नागरिक धमाधम नेपाल छिर्न थालेका छन् । भारतबाट दक्षिणी सीमानाका हुँदै भित्रिएका बिनाकागजातका विदेशी नागरिक काठमाडौं आएर ‘शरणार्थी’ बनेर बस्न थालेका छन् । पछिल्लो समय म्यान्मार (बर्मेली) रोहिंग्या र अफगान नागरिक आफ्नो देश छोडेर भारतको बाटो हुँदै नेपाल प्रवेश गरिरहेका छन् । तर, त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालय र त्यस मातहतका सुरक्षा संयन्त्र चुकेका छन् । पछिल्लो पटक अफगान नागरिक बिनाकागजात सजिलै नेपाल पसेर काठमाडौं आइपुगेको भेटिएपछि सीमामा नेपालको सुरक्षा व्यवस्थापन कति कमजोर रहेछ भन्ने उजागर भएको हो । भारतको सुनौली हुँदै रूपन्देहीको बेलहिया नाकाबाट पसेका ११ अफगान नागरिक काठमाडौं सहजै आएको खुलेको हो । उनीहरूमध्ये ६ जनासँग भारतीय आधारकार्ड छ । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर यहि २९ अक्टोबरमा।


248610983_459617925491516_5193089016263186214_nकुवेत। गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन नि:शुल्क स्वास्थ्य शिवीर हुने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपालि दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता संगै सो शिविर हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन।

पढ्नेक्रम जारी राख्नुहोस्

सुदुरपश्चिमेली नेपालि समाज कुबेतको तेस्रो अधिवेशन यही आउदो २९ तारिक शुक्रबार उपस्थितको लागी सम्पूर्णमा हार्दिक अनुरोध।


248275201_559551558484737_8379142268084845649_n

२६ अक्टोबर २०२१ कुबेत,सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ बैदेशिक रोजगारीका शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका सुदुरपश्चिमेली नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, २०१७ मा स्थापित सुदुरपश्चिमेली नेपालि समाज कुबेतको तेस्रो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष निरुमाया खडकाले मिडिया मार्फत जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्