११ अफगानी नागरिक सिनामंगलबाट पक्राउ


मातृका दाहाल
काठमाडौँ — प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो । सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए ।उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।अफगानी नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो । नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले समयमै पाएन ।

आइतबार मात्रै यस’bout जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.