मनिका झा
जनकपुरधाम : चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले उग्र र उच्छृंखल गतिविधि गर्न थालेका छन्। ‘स्वतन्त्र मधेस’को नारा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेका राउतका कदमप्रति कर्मचारीदेखि जनप्रतिनिधिसम्म असन्तुष्ट बनेका छन्। ‘राउतका कार्यकर्ताको यस्तो गतिविधि अराजक र आतंकवादी शैलीको छ,’ जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह भन्छन्, ‘आफूलाई राजनीतिक पार्टी भन्नेहरूबाट यसप्रकारको उदण्ड गतिविधि हुनुले संघीयतामाथि नै प्रश्न उठाउँछ। सभ्य समाजमा यस्ता अमानवीय क्रियाकलाप हुनु ठूलो दुर्भाग्य हो।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/10/2021
मधेसमा सीकेको उच्छृंखलता !
Posted in समाचार
११ अफगानी नागरिक सिनामंगलबाट पक्राउ
मातृका दाहाल
काठमाडौँ — प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो । सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए ।उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।अफगानी नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो । नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले समयमै पाएन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार