Daily Archives: 24/10/2021

अधिकृत, प्रअ र शिक्षककै मिलेमतोमा किर्ते


किर्ते कागजातका आधारमा अनिवार्य अवकाशपछि पनि शिक्षकले एक वर्षसम्म मासिक तलबसहित सेवासुविधा लिए
२०७७ साउनमै अवकाश पाएका शिक्षकले अनिवार्य अवकाश पाएको पत्र शिक्षा एकाइबाट चैतमा बनाए तर २०७८ भदौसम्मकै तलब बुझे
सुदीप कैनी
thumbकाठमाडौँ — शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका शाखा अधिकृत खुलानाथ गौतम, भक्तपुर चाँगुनारायण–८ स्थित ठूली ब्रह्मायणी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर राउत र शिक्षक रामराजा बुढाथोकीको मिलेमतोमा कागजात किर्ते गरी अनिवार्य अवकाशपछि पनि शिक्षकले तलब सुविधा लिएको पाइएको छ । २०७७ साउन ४ मै अनिवार्य अवकाश भएका शिक्षक बुढाथोकीले शिक्षा कार्यालयसम्म कागजात किर्ते गरी तलबसहित सुविधा लिँदै आएको पाइएको हो । उनले स्थानीय तहको शिक्षा शाखा, शिक्षा एकाइ र शिक्षक किताबखानालाई समेत गुमराहमा राखी एक वर्षभन्दा बढीको तलब सुविधा लिएर २०७८ साउन १६ को अवकाशपत्र बनाएका हुन् । अवकाशपछि पनि तलब सुविधा लिन प्रअ राउत र शिक्षा एकाइका अधिकृत गौतमले बुढाथोकीलाई सघाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्