Daily Archives: 20/10/2021

बाढी पहिरोको बबन्डर : ३१ जनाको मृत्यु, १७ घाइते, ४३ बेपत्ता


badhi-kailali_20211019051231काठमाडौं : पछिल्लो समयमा आएको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्तापित भएका छन् । मन्त्रालयका अनुसार बुधबार बिहान सम्ममा ३१ जनाको मृत्यु, १७ जना घाइते र ४३ जना बेपत्ता भएका छन्। प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा मंगलबार राती चौविसै गाउँपालिका-१ गढिरेमा पहिरोले घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित


सुरज कुँवर
thumbकाठमाडौँ — भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबाहिरको विराटनगर विमानस्थल दुइटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ ।‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले कान्तिपुरसँग भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो । पढ्नेक्रम जारी राख्नुहोस्