Daily Archives: 19/10/2021

महाकालीमा अहिलेसम्मकै ठूलो बाढी, तटीय क्षेत्रका दुई सय घर डुबानमा


Kanchanpur-Duban२ कात्तिक, धनगढी । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यू–२३ फुटबल टोली ताजकिस्तान प्रस्थान


विष्णु थापा
नेपालले कुन-कुन देशसँग खेल्दैछ ?
nepal-u-23-footbal-teem_20211019042548काठमाडौं : एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ टोली मंगलबार बिहान ताजकिस्तान प्रस्थान गरेको छ। एएफसी यू–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका थिए। एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा ताजकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। एएफसी यू–२३ एसियन कप छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्