Daily Archives: 18/10/2021

नजिक-नजिक भन्दाभन्दै अझै टाढा


साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनको सूक्ष्म विश्लेषण आवश्यक
हिमेश
thumbमाले, माल्दिभ्स — जो जित्यो, त्यही राजा । पहिला जित्नेकै चर्चा । दक्षिण एसियाली फुटबलको राजा हो, भारत । कम्तीमा साफ च्याम्पियनसिपमा भारतको दादागिरी चल्छ । यसपल्ट पनि यस्तै भयो, साफ च्याम्पियनसिप भारतकै नाममा लेखियो । र, भन्न कर लाग्छ, उपाधिका लागि भारत जत्तिको हकदार अरू कोही रहेनन् । ‘वास्तविक विजेता’ रह्यो ।एकपछि अर्को आरोप खेपेर भारत माल्दिभ्स आएको थियो र अब यहाँबाट फर्कंदा भारतीय फुटबलले तिनै आलोचकलाई केही उत्तर दिने प्रयास गरेको छ । भारतले यसपल्टको साफ च्याम्पियनसिपमा राम्रो सुरुआत लिन सकेन । सुरुआती दुई खेलमा बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो । त्यतिबेला लागेको थियो, भारतीय फुटबललाई मन पराउने जत्ति यो खेलका पण्डित भएका छन् र यिनीहरूको एकसूत्रीय माग थियो, अब प्रशिक्षक इगोर स्टिमेकलाई बर्खास्त गर्नुपर्छ । विशेषतः सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको थियो । यी विश्वकप खेलेका पूर्वखेलाडी आफैं दबाबमा देखिन्थे । पढ्नेक्रम जारी राख्नुहोस्