
कुवेत गएर आफ्नो परिवार मात्र होईन भबिस्यको लागि केही गरौला भनी कुवेत आएको पत्रकार माधब शाहीको निधन भएको छ । ३६ बर्षिय शाहीको उच्च रक्तचापको कारण आज बिहान मृत्यु भएको बुझिएको छ। प्युठान जिल्ला, एरावति -४ निवासि उनी लामो समयदेखि कुवेतमा रहदै आएका थिए । शाहिको परिवारमा श्रीमती र दुई छोरी रहेका छन ।
प्रवासी परोपकारि पत्रकारितामा सकृय शाही एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष , दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार तथा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य रहेका थिए । कुवेतको नेपाली समाजले एउटा दरिलो सामाजिक अभियन्ता गुमाएको छ।नेपाली राजदूतावास कुवेतले प्रारम्भिक जानकारी आईसकेको र जति सक्दो छिटो शव नेपाल पठाउने कार्यमा जुटेको जनाएको छ ।