Daily Archives: 13/10/2021

मुगु बस दुर्घटना : मृतक ३२ मध्ये २४ जनाको सनाखत


Mugu-accident२७ असोज, काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यो घटनाबाट मुगु शोकमा डुबेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राष्ट्रिय फुटबल टिमको बान्डोस टापुमा दसैं


thumbमाले, माल्दिभ्स — खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, तर त्यसको मज्जा पनि त छ, अनि यो कम्ती दुर्लभ छैन पनि । यस्तै यस्तै अनुभवबाट गुज्रनेछन्, गुज्रिरहेका छन्, नेपाली राष्ट्रिय फुटबल टिम । माल्दिभ्सको मालेमा साफ च्याम्पियनसिप २०२१ चलिरहेको छ र टिम यतै छ । टिम आफैं भने मालेबाट दस किलोमिटर जति टाढा रहेको बान्डोस टापुमा छ, त्यसैले यसपल्टको पर्व हुनेछ, ‘बान्डोस टापुको दसैं’ । केही फुटबल पदाधिकारी र पत्रकार भने मालेमै छन् । पढ्नेक्रम जारी राख्नुहोस्