काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा गोल गरे । पहिलो हाफमा पनि सुनिल क्षेत्री र मनविर सिंहले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/10/2021
साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित
Posted in समाचार
परमादेश’का परकम्पहरू : जनादेश भुलेर बाटो बिराउँदै सरकार
सुरेन्द्र काफ्ले/राधा खनाल
काठमाडौं : अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण हो– मनमौजी सत्ता सञ्चालन। ओलीले हरेक मञ्चमा भन्ने गरेका छन्, ‘यो सरकार जनादेशको होइन, परमादेशको हो।’ परमादेशबाट सत्तामा आए पनि देउवासँग जनादेश छ। दर्बिलो विश्वासको मत पाएकै छन्। गठबन्धनका बाँकी दल (माओवादी र जसपा) ले काँध थापेका छन्। तर, उनले आफूलाई जनादेशतिर होइन, परमादेशकै मर्मतिर ढल्काउँदै लगेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
वर्ष ७२, कक्षा २
वृद्ध भएपछि परिवारमा एक्लै परेका खड्गबहादुर विकलाई पढ्ने रहरले शान्ति त दिएकै छ, हिँड्नुपरेकाले स्वास्थ्यलाभ पनि भएको छ
पर्वत पोर्तेल
सलकपुर, इलाम — उनको निर्णय गाउँलेलाई अनौठो त लागेकै हो । उनलाई भने जानीबुझी गरेकाले अप्ठेरो लागेको छैन । इलामको दक्षिणपूर्वी रोङ गाउँपालिका–६ सलकपुरका खड्गबहादुर विक ७२ वर्षका भए । यो उमेरमा उनी स्कुल भर्ना भएका छन् । महिना दिनअघि स्थानीय मोती माविमा कक्षा २ मा भर्ना भएका हुन् । पतानी उमेरका बालबालिकासँग बसेर लेखपढ गर्छन् । शिक्षकले दिएको गृहकार्य नियमित गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार