Daily Archives: 07/10/2021

३५ बेडको अस्पतालमा ३०५ बिरामी : घरबाटै खाट लगेर उपचार


कपिलवस्तुमा झाडापखालाका बिरामी थपिँदै, दूषित पानीका कारण प्रकोप फैलिएको आशंका
१५ बेड क्षमताको अस्पतालमा १ सय ६५ जनाको उपचार, १ सय ५ जना डिस्चार्ज
मनोज पौडेल
thumbबहादुरगन्ज, कपिलवस्तु — अस्पताल परिसरको प्रतीक्षालयमा बिरामीका लागि बेड हालिएको छ । बाँसका लौरालाई स्लाइन झुन्ड्याउन स्ट्यान्डका रूपमा प्रयोग गरिएको छ । नरिवलको डोरीमा लहरै ५/७ वटा स्लाइनका बोतल झुन्ड्याइएका छन् । खुला आकाशमुनि लस्करै छन्, झाडापखालाका बिरामी । आँप र पीपलको रूखमुनि ३५ जनाभन्दा बढी बिरामीको उपचार चलिरहेको छ । कृष्णनगर नगरपालिकाको बहादुरगन्जस्थित शिवराज अस्पतालको अवस्था हो यो । नगरका तीन वडाका ६ गाउँमा सोमबारदेखि फैलिएको झाडापखालाबाट बुधबारसम्म ३ सय ५ जना बिरामी उपचारका लागि अस्पताल आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्