Daily Archives: 05/10/2021

नेपालका लागि तीन अंक नै ठूलो : अल्मुताइरी


हिमेश
thumb (1)माले, माल्दिभ्स — साफ च्याम्पियनसिप २०२१ मा नेपालले सोमबार राति श्रीलंकामाथि ३–२ को सनसनीपूर्ण जित निकालेपछि प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो लागि अर्को जित र तीन अंक नै ठूलो भएको बताएका छन् । नेपालको लगातार दोस्रो जितपछि छ अंक भएको छ र पाँच टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । पोस्ट म्याच कन्फेरेन्समा अल्मुताइरीले भने, ‘वास्तवमै म निकै खुसी छु । नेपालले लगातार दोस्रो खेल जितेको छ र अधिकतम छ अंकमा छ अंक नै भएको छ । नेपालका लागि यस खेलमा पनि प्राप्त तीन अंक नै ठूलो हो । हामीले के कस्तो खेल्यौं, त्यसको विश्लेषण पछि गरौंला । साफ च्याम्पियनसिप जस्तो प्रतियोगितामा तीन अंक नै ठूलो हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

बजेट खर्च गर्नै सक्दैनन् स्वास्थ्य संस्था : ८ अर्ब ११ करोड रुपैयाँ फ्रिज


कोभिड–१९ रोकथाम तथा नियन्त्रण, अस्पताल, प्रतिष्ठान, अध्ययन केन्द्र सुधार, अनुगमन तथा मूल्यांकनलगायत ४८ कार्यक्रममा ७९ प्रतिशत मात्रै खर्च
प्रशान्त माली
thumbकाठमाडौँ — –सिंहदरबार वैद्यखानाको च्यवनप्राशको माग गत वर्ष जाडोयाममा अत्यधिक बढ्यो । रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गरिने च्यवनप्राशको उत्पादन पर्याप्त मात्रामा हुन सकेन । वैद्यखानाले बजेट अभाव भएर मागअनुसार उत्पादन गर्न नसकेको भने होइन । स्वास्थ्य मन्त्रालयले गत वर्ष वैद्यखानाका लागि ३ करोड ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २ करोड ११ लाख ६८ हजार रुपैयाँ खर्चै हुन सकेन । पढ्नेक्रम जारी राख्नुहोस्