Daily Archives: 03/10/2021

साफ च्याम्पियनसिप : अहिले नभए कहिले ?


सुबास हुमागाईं
Nepali-Football-team-at-Maldivesनेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिप २०२१ मा यात्रा सुरु गर्दैछ । इतिहासकै सबैभन्दा लामो तयारीका साथ माल्दिभ्स पुगेको नेपाली टोलीका लागि यसपटक आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । कम्तिमा फाइनल पुग्न नसके टोलीको एक वर्षभन्दा लामो तयारी व्यर्थ नै हुनेछ । एक वर्षअघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि तयारीबाट सुरु भएको राष्ट्रिय टोलीको प्रशिक्षण बिचमा केहि बिदा र नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न रोकिएको थियो । त्यसयता टोली नियमित प्रशिक्षणमा छ । यसबीचमा राष्ट्रिय टोलीले १० औपचारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेको छ । गत चैतमा कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नियुक्त भएयता नेपाली टोली लगातार बन्द प्रशिक्षणमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

पोलको भाडा नतिर्नेको इन्टरनेट र केबुलको लाइन काटियो


सन्तोष गौतम
tar-kateko_20211002122627बेनी : म्याग्दीमा शनिबार सम्झौता बिनै विद्युतका पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरणको देशव्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा नतिरेकाको फाइबर काटिदिएपछि निजी कम्पनीहरुद्वारा सञ्चालित इन्टरनेट तथा केबुल सेवा ठप्प बनेको छ। नेपाल विद्युत प्राधिकरणको म्याग्दी विवतरण केन्द्रले नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरु प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिइ टेलिफोन, इन्टरनेट, केवल, टिभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई यही असोज १५ गतेभित्र सम्झौता, नवीकरण र बक्यौता बुझाउन ताकेता गर्दै सार्वजनिक सूचना समेत जारी गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रिपरिषद् विस्तार ढिलाइमा ७ बहाना


प्रधानमन्त्रीले एकीकृत समाजवादी र जसपाको भागका मन्त्रालय बाँकी राखेर पनि मन्त्रिमण्डल विस्तार गर्न सक्थे तर आफ्नै ढिलाइका कारण उनले अझै केही दिन अपजस बेहोरिरहनुपर्ने देखिन्छ ।
कलेन्द्र सेजुवाल
thumbकाठमाडौँ — असार २९ मा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सोही दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री नियुक्त गरे । संसद् पुनःस्थापनाका लागि बनेको पाँचदलीय गठबन्धनमा सामेल जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने निर्णय गरे पनि मन्त्रीको नाम पठाएन । पढ्नेक्रम जारी राख्नुहोस्