Daily Archives: 30/09/2021

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य


गोविन्दराज नेपाल
Nepali-Football-team-at-Maldives१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । साफकै लागि भनेर नेपालले करिब ३ महिनादेखि निरन्तर तयारी गरिरहेको थियो । नेपालले पछिल्लो दुई साता र केही दिन भने कतारमा बन्द प्रशिक्षण गरेको थियो । माल्दिभ्स जानु अघिल्लो दिन नेपालले गल्फ राष्ट्र ओमानसँग कतारमा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । तर कतार युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल ७–२ ले पराजित भयो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

एमालेले भन्यो : नेकपा एसलाई बोलाइएको सर्वदलीय बैठकमा आउँदैनौँ


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने एक शीर्ष नेताले जानकारी दिए । प्रधानमन्त्रीलाई आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराइसकेको पनि ती नेताले बताए । ‘प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसद्‍मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको बैठकमा जान मिल्दैन,’ ती नेताले भने । प्रधानमन्त्री देउवाले संसद्‍मा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

स्वदेशी राजनीतिले प्रवासी नेपाली विभाजित


ठूला दलले विदेशमा आफ्ना भ्रातृ संगठनमार्फत गतिविधि बढाउँदै लगे । पछिल्ला तीन महाधिवेशनयता त्यस्ता संगठन विस्तार भए । उनीहरुले आफ्नो विचार समूहलाई जिताउने गतिविधि गर्दा विवाद र झडप बढ्न थालेका छन् ।
होम कार्की
thumbकाठमाडौँ — पोर्चुगलको लिस्बनस्थित अलमेदा पार्कमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आधिकारिक नेतृत्वको विषयलाई लिएर असोज ९ मा दुई पक्षबीच भिडन्त भयो । तुरुन्तै स्थानीय प्रहरीले हस्तक्षेप गरेकाले दुई जना मात्रै घाइते भए । रवीन अधिकारी नेतृत्वको समूहले आफूहरू निर्वाचित भएको भन्दै आफ्नो नेतृत्वमा एनसीसी कार्यसमिति घोषणा गरेका थिए । चुनाव धाँधली भएको भन्दै बहिष्कार गरेका सोमफुरी शेर्पाले आफ्नै नेतृत्वमा एनआरएनएको अर्को समानान्तर समिति खडा गरे । दुवै पक्षले आ–आफ्नो आधिकारिकता दाबी गरेपछि उत्पन्न विवाद हात हालाहालसम्म पुग्यो । पढ्नेक्रम जारी राख्नुहोस्