Daily Archives: 28/09/2021

पाइलटले भनिरहे– ‘मेरो जहाजको चक्का हेरिदेऊ’


दोस्रो पटकको प्रयासमा पनि एटीसीले ‘बायाँ र अगाडिको पाङ्ग्रा देख्यौं तर दाहिनेपट्टिको देखिएन’ भनेपछि क्याप्टेन आङ गेलु शेर्पाले काठमाडौं फर्किने निर्णय लिए
सुरज कुँवर
budhha-air-news-pic-3-2792021071118-1000x0काठमाडौँ — काठमाडौंबाट विराटनगर उड्ने जहाजले कोसी टप्पु वन्यजन्तु आरक्ष कटेपछि विराटनगर टावरसँग अवतरण अनुमति माग्छन् । तर, सोमबार बुद्ध एयरको एटीआर जहाजले विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई धावनमार्गमा अवतरणको अनुमति मागेन । उल्टै पाइलटले एटीसीलाई अप्रत्याशित काम अह्राए, ‘हाम्रो जहाजको चक्का खुलेको छ कि छैन हेरिदेऊ ।’ विराटनगरबाट १० माइल परै रहेको जहाजले यस्तो सोधेपछि एटीसीले नाङ्गा आँखाले जहाजका पाङ्ग्रा खुले/नखेलेको हेर्ने प्रयास गरे तर देखेनन् । पढ्नेक्रम जारी राख्नुहोस्