पर्यटन दिवसमा सहभागी हुन १२ देशका राजदूत सहित २५ सदस्य टोली पोखरामा


कृष्णमणि बराल
rajdut-pokhara-3_20210926115920पोखरा : विश्व पर्यटन दिवसमा सहभागी हुन १२ देशका राजदूत सहित २५ सदस्य टोली पोखरा आएका छन्। पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिन विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणा मान्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको समन्वयमा विभिन्न देशका राजदूत र कुटनितिक नियोगका प्रतिनिधि पोखरा आएका हुन्। सोमबार ४१ औं विश्व पर्यटन दिवस मनाइँदै छ।

विभिन्न देशका राजदूत सहितको टोली आइतबार दिउँसो पोखरा विमानस्थलमा आउँदा रातो कार्पेट बिच्छ्याएर स्वागत गरिएको थियो। राजदूत सहितको टोलीलाई स्वागत गर्न गण्डकी सरकारका पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, पर्यटन व्यवसायीका विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधिले स्वागत गरेका थिए।

पर्यटन दिवसमा सहभागी हुन जर्मन, फिनल्याण्ड, कतार, युएई, दक्षिण कोरिया, उत्तर कोरिया, साउदी अरव, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, मलेशियाका राजदूत पोखरा आएको हुन्। यसै गरी सार्क सचिवालय, इसिमोड, युएन, युएनएड, युनेस्को, डब्लुएफपी लगायतका प्रतिनिधि पोखरा आएका छन्।

दुई दिने पोखरा बसाईका क्रममा पोखराका पर्यटकीय क्षेत्रको भ्रमण र कास्कीकोटमा रहेको अपाङ्गाता मैत्री पदयात्रा मार्ग हुँदै हाइकिङ गर्ने कार्यक्रम रहेको पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले जानकरी दिए। कास्कीकोट शाहवंशीय राजा कुलमण्डन शाहले शासन गरेको ठाउँ हो। यसैले पनि यस क्षेत्रका हाइकिङ ऐतिहासिक छ। कुलमण्डनलाई नेपालमा शाह वंशको पहिलो राजा मानिन्छ।

विश्व पर्यटन दिवसकै अवसरमा सोमबार साँझ फेवाताल किनारमा सडक महोत्सव हुने कार्यक्रम छ। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा हुने मिनि सडक महोत्सव साँझ ५ बजे देखि १० बसेसम्म लेकासाइडमा हुने छ। महोत्सवमा नेपाली परम्परागत संस्कृतिक कार्यक्रमको साथै विभिन्न स्वदेशी तथा विदेशी खानाको परिकारको स्वाद लिन पाइने व्यवस्था गरिने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए।

राजदूत लगायत भ्रमण टोलीका सदस्यले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेट वार्ता गर्नुको साथै स्वागतमा आइतबार रात्रिभोजको आयोजना गरिएको छ। कोभिड—१९ को कारण १८ महिनादेखि थला परेको पर्यटन उद्योग अझै लयमा फर्कन सकेको छैन। कोरोनाको दोस्रो लहर संक्रमण दर कम हुँदै गएपछि असोज १ गतेदेखि पोखरामा निषेधाज्ञा हटाइए पनि पर्यटन उद्योगको अवस्था उस्तै छ।

आन्तरिक पर्यटक घुमघाममा निस्कने क्रम सुरु भए पनि शुक्रबार र शनिबार छुट्टीका दिन १५ देखि २५ प्रतिशतसम्म होटलको अकुपेन्सी हुने गरे पनि अरु दिनमा सुनसान जस्तै हुने गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्राईले बताए। पोखराका ५० प्रतिशत पर्यटन मजदुर र पर्यटन व्यवसायीले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको र खोप लगाउने क्रम भइरहेको पोखरा पर्यटन परिषदका अध्यक्ष भट्टराईले बताए। यसैले पोखरा सुरक्षित छ भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहने उनले सुनाए।

लामो समयदेखि ठप्प रहेको पर्यटन उद्योगलाई चलयमान बनाउन र गति दिनका लागि राजदूत लगायत कुटनितीक नियोगका प्रतिनिधिलाई पोखरामा आमन्त्रण गरिएको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए। यो भ्रमणले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने उनले विश्वास गरे। सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीअरा रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने निणर्य गरेको छ। यो निर्णयले व्यवसायी उत्साहित छन्। (अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.