Daily Archives: 27/09/2021

पर्यटन दिवसमा सहभागी हुन १२ देशका राजदूत सहित २५ सदस्य टोली पोखरामा


कृष्णमणि बराल
rajdut-pokhara-3_20210926115920पोखरा : विश्व पर्यटन दिवसमा सहभागी हुन १२ देशका राजदूत सहित २५ सदस्य टोली पोखरा आएका छन्। पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिन विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणा मान्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको समन्वयमा विभिन्न देशका राजदूत र कुटनितिक नियोगका प्रतिनिधि पोखरा आएका हुन्। सोमबार ४१ औं विश्व पर्यटन दिवस मनाइँदै छ। पढ्नेक्रम जारी राख्नुहोस्

एमालेमा फरक मत राख्ने १० नेता तितरबितर


‘दसबुँदे सहमति कार्यान्वयन हुन्छ तर माओवादीबाट एमालेमै रहनुभएका साथीहरुको पनि सम्मान गर्नुपर्छ । सहमति गर्ने साथीहरुको पनि सम्मान गर्छौं।’– ओली
thumbकाठमाडौँ — एमालेमा दसबुँदे सहमतिका पक्षधर नेताहरूले विधान सम्मेलनमा उठ्ने मुद्दाहरूमा व्यक्तिगत असन्तुष्टि राख्ने रणनीति तय गरेका छन् । पार्टी विभाजनसँगै आफूहरूको शक्ति क्षयीकरण भएको निष्कर्षसहित उनीहरूले ‘औपचारिकता’ का लागि व्यक्तिगत रूपमा आफ्ना असन्तुष्टि राख्ने रणनीति लिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले यसलाई मुद्दाका आधारमा नेता बन्ने परम्परा तोडिएको भनेर अर्थ्याएका छन् । एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाललगायत नेताहरू दसबुँदे सहमति कार्यान्वयन हुने विश्वासमा पार्टी विभाजनतिर लागेका थिएनन् । तर पार्टी नेतृत्वले अहिले सहमति कार्यान्वयन नगर्दा उनीहरू असन्तुष्ट छन् । ‘पार्टी विभाजनपछि पहिला जस्तो दबाब दिएर असहमति वा असन्तुष्टि सम्बोधन गराउन सक्ने शक्ति हामीसँग अहिले छैन । त्यसैले सामूहिक र संस्थागत नभई मुद्दामा व्यक्तिगत असन्तुष्टि राख्ने रणनीति तय गरेका छौं,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने । ओलीपक्षीय नेता कर्ण थापाले भने एमालेमा ‘मुद्दा’ का आधारमा नेता बन्ने प्रवृत्ति अन्त्य भएको दाबी गरे । पढ्नेक्रम जारी राख्नुहोस्