किन रद्द भयो सार्क परराष्ट्रमन्त्रीस्तरीय ‘साइडलाइन’ बैठक ?


thumbकाठमाडौँ — यसै हप्ता न्युयोर्कमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक रद्द भएको छ । सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक रद्द भएको सार्क सचिवालयले जनाएको छ । सार्क सचिवालयबाट सबै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयलाई बैठक रद्ध भएको जानकारीसहितको पत्र पठाइसकिएको छ । सार्कको अध्यक्षसमेत रहेको नेपालको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २५ मा हुने भनिएको सहमति नजुटेकाले साइडलाइन बैठक नहुने जानकारी दिएको सचिवालयले जनाएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा हुने साइडलाइन बैठकमा कम्तीमा ६ मुलुक सहभागी हुनुपर्ने भए पनि सहमति नजुटेको बताएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले पनि बैठक स्थगित भएको पुष्टि गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले भने पाकिस्तानका कारण बैठक रद्द भएको जनाएका छन् । पाकिस्तानले बैठकमा अफगानिस्तानबाट पनि सहभागिता हुनपर्ने कुरामा जोड दिएको बताइएको छ । तर यस’boutमा पाकिस्तानले भने औपचारिक रूपमा केही प्रतिक्रिया दिएको छैन ।

अफगानिस्तानमा केही समयअघि मात्रै तालिबानको सकरकार गठन भएको छ । सार्क राष्ट्रमध्ये भारत, नेपाललगायतका मुलुकले तालिबान सरकारलाई औपचारिक रूपमा मान्यता दिइसकेका छैनन् । त्यस्तै तालिबानलाई विश्वका अधिकांश मुलुकले मान्यता दिएका छैनन् । त्यसैले पनिसंयुक्त राष्ट्र संघ र संयुक्त राष्ट्रसंघीय एजेन्सीका बैठकमा तालिबानको सहभागिता’bout प्रश्न उठाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ) को बैठकमा तालिबान सरकार समावेशी नभएको बताएका थिए । उनले तालिबान सरकारलाई मान्यता दिनुपूर्व विश्वले सोच्नुपर्ने पनि बताएका थिए । त्यस्तै अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा आफू राष्ट्रसंघको महासभामा सहभागी नुहने बताएका छन् ।

लामो समयदेखि अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य रहेको सार्कका महत्त्वपूर्ण बैठक बस्न सकेको छैन । यस पटक संयुक्त राष्ट्रसंघको महासभामा बैठक हुने अपेक्षा गरिएको थियो । भारत–पाकिस्तानबीचको सम्बन्ध राम्रो नभएको र दोहोरो संवाद विरलै हुने भएकाले पनि यो बैठकलाई चासोका साथ हेरिन्छ ।

सार्कको अध्यक्ष भएकाले बैठकमा अध्यक्षता नेपालले गर्दै थियो । नेपाल अध्यक्ष राष्ट्रसमेत भएकाले साइडलाइन बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्व आवश्यक थियो । त्यसैले पनि मंगलबार मात्र सत्ता गठबन्धनले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको थियो ।

पछिल्लो समय भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण सार्क निष्क्रियजस्तै बनेको छ । सन् २०१४ मा काठमाडौंपछि सार्क शिखर सम्मेलन आयोजना हुन सकेको छैन । सन् २०१६ मा पाकिस्तानको इस्लामाबादमा १९औं शिखर सम्मेलन आयोजना हुने भनिए पनि जम्मू–कश्मीरको उरीमा भारतीय सैनिकमाथि आतंकवादी आक्रमण भएपछि स्थगित भएको थियो । भारतले उक्त आक्रमणमा पाकिस्तानी भूमिमा आधार बनाएको आतंकवादी संगठनको हात रहेको आरोप लगाउँदै आएको छ ।

त्यस्तै सन् २०१९ को संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा भएको सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक पाकिस्तानले बहिष्कार गरेको थियो । भारतले जम्मू–कश्मीर राज्यलाई प्राप्त विशेषाधिकार खोसेकोमा आपत्ति जनाउँदै पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बैठक बहिष्कार गरेका थिए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.