५ असोज, काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो ।तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । समूह विजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न पनि नेपाललाई आज स्पष्ट जितको आवश्यकता छ । समूह विजेता मात्र अर्को वर्षको एसियन कपकमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल महत्वपूर्ण छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/09/2021
महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै
Posted in समाचार
संखुवासभा घटना : अघिल्लै दिन बनेको थियो हत्या योजना
प्रहरीले पत्ता लगाए मानसिक रोगको औषधि खाइरहेका लोकबहादुर एक्लैले जिम्मा लिने र जेल जाने’bout पनि सल्लाह भएको खुलासा
दीपेन्द्र शाक्य
संखुवासभा — मादी नगरपालिका–१ उमलिङस्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या घटना’bout थप रहस्य खुल्दै गएको छ । भदौ २१ मा भएको सामूहिक हत्या आफन्तले नै नियोजित रूपमा गरेको प्रहरी अनुसन्धानले देखाएको हो । घटनामा संलग्न आरोपमा पक्राउ गरिएका थप चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । मुख्य योजनाकार भनिएका ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर, मुख्य अभियुक्तका रूपमा यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका ४९ वर्षीय बाबु रणबहादुर र लोकबहादुरका कान्छा भाइ १७ वर्षीय नरेशलाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा ५ जनाको संलग्नता रहेको र लोकबहादुरको घरमा अघिल्लो दिन योजना बनाइएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार