Daily Archives: 20/09/2021

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालको प्रभावशाली जित


Team-nepal-cricketकाठमाडौं : नेपालले घरेलु टोली ओमानमाथि प्रभावशाली जित निकालेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो। ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पालि खेलेका थिए। ४६ बलको सामना गरेका उनले दुई छक्का र चार चौका हिर्काए। यसैगरी प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ४० रन बनाए। यस्तै कुसल भुर्तेल र रोहितकुमार पौडेलले समान ६ रन बनाउँदा शरद भेषवाकर एक रनमा अविजित रहे। ओमानका नेस्टोर धम्बाले दुई तथा कालिमुल्लाहले एक विकेट लिए। पढ्नेक्रम जारी राख्नुहोस्

सभापति जित्न प्रतिस्पर्धीलाई प्रधानमन्त्रीको अफर


कांग्रेसका मुख्य नेताहरुको प्राथमिकता पार्टी सभापति, पहिलो पुस्ताका नेतालाई प्रधानमन्त्री दिएर भए पनि पार्टीको नेतृत्व हात पार्ने दोस्रो पुस्ताको दाउ
एक व्यक्ति एक पदको अवधारणामा हामी जानुपर्छ, शेरबहादुरजीले पार्टी र सरकारको नेतृत्व लिँदा अहिले हालत के भएको छ ?– शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य
कुलचन्द्र न्यौपाने
thumb (1)काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले पार्टी सभापतिमा निर्वाचित भए प्रधानमन्त्री नबन्ने सार्वजनिक रूपमै घोषणा गरेका छन् । ७१ वर्षीय कोइरालाले एक पटकभन्दा बढी नेतृत्वमा नबस्ने उद्घोष पनि गर्दै आएका छन् । उनको जस्तै सार्वजनिक घोषणा अरू नेताहरूले गरेका छैनन् तर सबैको प्राथमिकता पार्टी सभापति बन्ने नै छ । आफ्नै टिममा ‘पहिरो’ जान थालेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका लागि फेरि नेतृत्वमा आउन मुस्किल पर्ने देखिएको छ । आफ्नो टिमका मुख्य हस्ती उपसभापति विमलेन्द्र निधि बाहिरिएपछि र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेपछि देउवा आफैं पनि ढुक्क देखिएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीमा कामदार : न कार्यस्थल सुरक्षित, न बासस्थान


पेसागत सुरक्षा र स्वास्थ्योपचार अभावमा खाडी र मलेसियामा मात्रै प्रत्येक वर्ष कम्तीमा एक हजार नेपाली श्रमिकले ज्यान गुमाइरहेका छन्
होम कार्की
thumbकाठमाडौँ — यमबहादुर कटुवाल र सुकलाल राजवंशी भदौ २३ मा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–२ को १० मिटरमुनि भूमिगत पाइप मर्मत गर्दै थिए । एक्कासि बालुवाको थुप्रो खस्दा उनीहरू खाल्डोमा पुरिए । आपत्कालीन अवस्थामा कसरी बाहिर निस्कने भनेर त्यहाँ बन्दोबस्तीका साधन राखिएको थिएन । तुरुन्तै उद्धार हुन नसक्दा झापाका कटुवाल र राजवंशीको कार्यस्थलमै ज्यान गयो । पुरिएका रोल्पाका सर्वजित महरालाई भने जसोतसो उद्धार गरियो । कुवेतमा २०७६ माघ २९ मा पनि यस्तै घटना भएको थियो । मुत्ला हाउजिङ कम्पनीका तर्फबाट भूमिगत पाइप राख्ने क्रममा बालुवामा पुरिँदा ६ जना नेपालीले ज्यान गुमाए । कुवेतले औपचारिक रूपमै घटना सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता नेपालसामु राखेको थियो तर समितिले केकस्तो प्रतिवेदन तयार पार्‍यो वा पारेन सार्वजनिक गरिएन । पढ्नेक्रम जारी राख्नुहोस्