रामेछापमा जीप दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते


काठमाडौं : रामेछापमा खुर्कोट-मन्थली सडकखण्डमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ओखलढुंगाका करिब ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूवाको मृत्यु भएको हो।‘ दुर्घटनामा मृत्यु भएका श्रीमान, श्रीमतीको पहिचान खुलेको छ। अर्का एक पुरुषको परिचय खुल्न बाँकी रहेको छ।’ उनले भने, ‘एक जना गम्भीर घाइते बालकलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ।’
मन्थली नगरपालिका-६मा जीप दुर्घटना भएको हो। श्रेष्ठले जिल्ला प्रहरी कार्यालय घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र उद्दारमा जुटेको बताए।

वर्षाद्का कारण उक्त सडकखण्डको विभिन्न ्स्थानमा गएको पहिरोले सडक साँघुरो बनेको छ।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.