Daily Archives: 16/09/2021

रामेछापमा जीप दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते


काठमाडौं : रामेछापमा खुर्कोट-मन्थली सडकखण्डमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ओखलढुंगाका करिब ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूवाको मृत्यु भएको हो।‘ दुर्घटनामा मृत्यु भएका श्रीमान, श्रीमतीको पहिचान खुलेको छ। अर्का एक पुरुषको परिचय खुल्न बाँकी रहेको छ।’ उनले भने, ‘एक जना गम्भीर घाइते बालकलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ।’ पढ्नेक्रम जारी राख्नुहोस्

आजदेखि कर्मचारी, सांसददेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का


अध्यादेश निष्क्रिय हुँदा एकल महिला र एसीडपीडितलाई असर
thumbकाठमाडौँ — सरकार र प्रतिपक्षबीच संसद्‍मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो ।
नियमित र अवरोधले प्रतिनिधिसभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारबाट सरकारी खर्च गर्ने बाटो बन्द भएको हो । आजबाट सरकारले कर मात्रै उठाउन पाउने भए पनि सांसद, कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का भएको छ । विनियोजन विधेयक पारित नहुँदासम्म सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश साउन ३ गतेको संसद् बैठकमा पेस भएको थियो । त्यसको ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने थियो । उक्त ६० दिनको अवधि बुधबार सकिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्