Daily Archives: 15/09/2021

कांग्रेस नेतृत्वमा हस्तक्षेप गर्न तत्पर नयाँ पुस्ता


यसपटक नेतृत्व देउवा र पौडेलभन्दा तल ल्याउन सकिए अर्को महाधिवेशनमा आफैं शीर्ष स्थानमा पुग्न सहज हुने बुझाइ युवा नेताहरुमा छ । त्यसका लागि विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल १४ औं महाधिवेशनमार्फत महामन्त्री बन्ने तयारीमा जुटेका हुन् ।
बीपी कोइराला सभापति निर्वाचित हुँदा ३८ वर्षका थिए । तर, ७५ वर्षीय कांग्रेसको नेतृत्व भने अहिले ७६ वर्षीय शेरबहादुर देउवाले गरिरहेका छन् ।
कुलचन्द्र न्यौपाने
thumbकाठमाडौँ — कांग्रेस पार्टी २००३ सालमा स्थापना गर्दा संस्थापक नेता बीपी कोइरालाको उमेर ३३ वर्षको थियो । स्थापना भएकै वर्षको माघ १२ र १३ मा कोलकताको भावनीपुरस्थित खालसा हाइस्कुलमा भएको पार्टीको पहिलो महाविधेशनबाट टंकप्रसाद आचार्य सभापति र बीपी कोइराला कार्यवाहक सभापति निर्वाचित भए । ६ वर्षपछि २००९ सालमा भएको पाँचौं महाधिवेशनमा बीपी कोइराला सभापतिमा निर्वाचित हुँदा ३८ वर्ष पुगेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्