Daily Archives: 14/09/2021

अमेरिकामाथि नेपालको शानदार जित


गोविन्द नेपाल
Team-nepal-cricket२९ भदौ, काठमाडौं । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

टीसर्ट र हाफपाइन्टको रगतको टाटाले अनुसन्धानमा सहज


अनिष विष्ट
/ किशोर बुढाथोकी
lokbahadur-pakrau-samkhuwasava_20210914042713संखुवासभा/विराटनगर : संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ६ जनाको सामूहिक हत्या गरेर बडिबा हजुरबुवाको परिवारमा नरसंहार मच्चाएका जब्बर अभियुक्त हुन् २५ वर्षीय लोकबहादुर कार्की। सुरुका दिनमा घटनामा आफ्नो संलग्नताको कुनै छनक नै उनले दिएनन्। परिवारभित्रकै मान्छे भएकाले प्रहरीले पनि त्यसतर्फ ध्यान दिएन। प्रहरीको आशंका उनीतिर नजानुका धेरै कारण थिए। घटनाको अनुसन्धानमा खटिएका प्रहरीलाई घटनास्थल पुगेदेखि नै सहयोगीका रूपमा प्रस्तुत भएर छाड्दै छाडेनन्। विश्वास जित्न सकेकै कारण प्रहरीले पनि घटना अनुसन्धानमा सहयोगीका रूपमा लोकबहादुरको साथ लिइरह्यो। उनी भने प्रहरीको अनुसन्धानलाई हेरेर आफ्नो धारणा बनाउँथे र सामूहिक हत्यामा आफ्नो संलग्नता नभएको व्यवहार प्रस्तुत गरिरहन्थे। उनी गाउँमा यति ठूलो नरसंहार भएकाले असुरक्षा बढ्यो भन्दै दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँदै सुरक्षा र न्याय दिनुपर्‍यो माग गरिरहन्थे। पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल पटक-पटक किन दिन्छन् माओवादी विघटनको धम्की ?


निरन्तर ३२ वर्षसम्म पार्टीको एकछत्र नेतृत्व गरेका उनले जिम्मेवारी हस्तान्तरण गर्ने गरी भरपर्दो दोस्रो पुस्ता किन बनाउन सकेनन् ? पार्टीको आरोहको जस आफैं लिएर अवरोहको अपजस दिन नेता खोज्ने सुविधा दाहाललाई छैन किनकि पार्टीभित्र उनीसँग बहस गर्ने नेताहरु किनारा लागिसके ।
पार्टीमा सबैका सबै पदका लोभी, सबै पैसाको पछाडि मात्रै कुद्ने रोग देखिएको छ, त्यो रोगबाट प्रचण्ड पनि आजित भएका होलान् । – श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक
कहाँ बेठीक गरें, कस्ता–कस्ता पात्रलाई कस्तो व्यवहार गरें, ती पात्रबाट पार्टीलाई के–कति फाइदा भयो भनेर अध्यक्षले फर्केर हेर्न थाल्नुपर्‍यो ।– राम कार्की, केन्द्रीय सदस्य, माओवादी केन्द्र
बबिता शर्मा

thumbकाठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै आफ्नै पार्टीका नेताहरूप्रति चर्को असन्तुष्टि पोख्न थालेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा एकता बदर गरिदिए ब्युँतिएको पार्टीलाई चुनाव केन्द्रित गरी बलियो बनाउने चाहनालाई अन्य नेताले ‘सहयोग नगरेको’ उनको गुनासो छ । पढ्नेक्रम जारी राख्नुहोस्