Daily Archives: 13/09/2021

ओली-सापकोटा टकरावले तनाव


असमझदारी सभामुख चयनको गर्भबाटै जन्मिएको हो, प्रतिनिधिसभा विघटनले हुर्काएको विवाद अहिले अनियन्त्रित भएको छ
बबिता शर्मा
thumb (1)काठमाडौँ — प्रतिनिधिसभा बैठकमा पछिल्ला दिन जे–जस्ता दृश्य देखिएका छन्, यी वर्तमान राजनीतिक परिस्थितिका उपज मात्रै होइनन् । सभामुख अग्निप्रसाद सापकोटा र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीचको तिक्ततापूर्ण सम्बन्धको असर पनि अहिले संसद्मा देखिएको छ । बुधबार र शुक्रबार एमालेको अवरोधकै बीच बैठक सञ्चालन गरेका सभामुख सापकोटाले आइतबार भने अवरोध अवलोकन गर्दै बैठक भदौ २९ सम्मका लागि स्थगित गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एमसीसी सम्झौता तत्काल अघि नबढ्ने !


जाँदाजाँदै उपाध्यक्ष सुमारले भनिन्– ‘सम्झौता संसद्बाट अनुमोदन गर्न अत्यन्त जरुरी छ, छिटो अनुमोदन हुनेमा आशावादी छु’
जगदीश्वर पाण्डे
thumbकाठमाडौँ — अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको संसद्बाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जाने बताएको छ । नेपालको चारदिने भ्रमण सकेर आइतबार बेलुकी स्वदेश फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा एमसीसी उपाध्यक्ष फातिमा सुमारले सम्झौता संसद्बाट अनुमोदन अत्यन्त जरुरी रहेको बताएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्