कुबेत नेपालडटकम/नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतले खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना महामारीको नियन्त्रण सगै कुवेत सरकारले खेल क्षेत्रलाई खुल्ला रुपमा सन्चालन गर्न अनुमति दिए सगै प्रतियोगिता गर्न लागेको अध्यक्ष राज महर्जनले जनाएका छन ।
खेलकुदको माध्यमबाट शारीरिक सगै मैत्रीपूर्ण सम्बन्धको निर्माण हुने वताउदै प्रतियोगिता प्रमुख मोहन राईले कुवेतमा कृयाशिल समाजसेवी ,बुद्धिजीवी , पत्रकार , सघ सस्थाका पदाधिकारी लगायत खेलप्रेमि सम्पूर्णलाई उपस्थितको लागि अपिल गरेका छन ।
यहि सेप्टेम्बर २४ तारिख शुक्रबारका दिन महाबुल्लाको मैदानमा बिहान ७ बजेदेखि सुरुहुने प्रतियोगितामा खुल्ला रुपमा सन्चालन गरिनेहुदा कुवेतका सम्पूर्ण भलिबल टिमहरुलाई सहभागीताको लागि अनुरोध गरिएको छ ।
प्रतियोगिता सम्बन्धि विवरणः
स्थानः महाबुल्लाको भलीबल खेल मैदान
मितिः २४ सेप्टेम्बर २०२१ शुक्रबार
समयः बिहान ७ बजे देखि।
विस्तृत जानकारीको लागि सम्पर्क:
१. राज महर्जन (अध्यक्ष) – ५५१३५९०२
२. पाण्डे – ६५०५३२७०
३. खवस सविन – ९७५९३६८९
४. राज मल्ल – ६००६७५७२
५. शंकर पौडेल – ६५६०५९७
६. गोकुल – ९८०५३६१८
७. रामु कार्की – ५५९२८२२५
८. मोहन राइ – ६६२२३०२४,