Daily Archives: 09/09/2021

खनालको उपचारमा राज्यको ८१ लाख


राजेश मिश्र
UML_Leader_jhalanath_khanal_490790588नयाँदिल्ली — पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए । एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ । बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ । असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३० अगस्ट) मा डिस्चार्ज भएका थिए । दूतावासले अस्पतालबाट प्राप्त बिल, भुक्तानी गरिएको र बाँकी रकम’bout परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौं आइपुग्यो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली


thumbकाठमाडौँ — एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ : २५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । पढ्नेक्रम जारी राख्नुहोस्