Daily Archives: 08/09/2021

प्रदेशमा ११ भाषा सिफारिस


राष्ट्र भाषा नेपालीबाहेक प्रदेशमा सरकारी कामकाजका लागि प्रस्तावित भाषा
गणेश राई
thumb (1)काठमाडौँ — भाषा आयोगले २०६८ सालको जनगणनाअनुसार ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गरेको छ । आयोगले यससम्बन्धी विस्तृत प्रतिवेदन सोमबार राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएको छ । विज्ञ समूहले गरेको सिफारिसका आधारमा भाषा निर्धारण गरिएको आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहले समेत स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने पनि आयोगले औंल्याएको छ । प्रदेश–१ मा मैथिली र लिम्बू, प्रदेश–२ मा मैथिली, भोजपुरी र बज्जिका, वाग्मतीमा तामाङ र नेपालभाषा, गण्डकीमा मगर, गुरुङ र भोजपुरी भाषालाई सिफारिस गरिएको छ । लुम्बिनीमा थारू र अवधी, कर्णालीमा मगर र सुदूरपश्चिममा डोट्याली र थारू भाषा निर्धारण गरिएको हो । बाहुल्यका आधारमा मैथिली, भोजपुरी, मगर र थारू भाषा दुई–दुई प्रदेशमा दोहोरिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एमसीसी : अनुमोदन जटिल, पन्छाउन कठिन


अनुमोदन गर्दा राजनीतिक र जनस्तरमा विरोध हुने र नगर्दा अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने देखिएपछि सत्तारुढ गठबन्धन अप्ठेरोमा
प्रधानमन्त्री हुँदा एमसीसी अनुमोदन गर्नुपर्ने बताएका केपी शर्मा ओली मौन
बबिता शर्मा
thumbकाठमाडौँ — चार वर्षदेखि थाती रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता सत्ता गठबन्धनका लागि ‘निल्नु न ओकल्नु’ भएको छ । संसद्बाट अनुमोदन गर्दा राजनीतिक र जनस्तरमा हुन सक्ने विरोध र पारित नगर्दा अमेरिकासँगको सम्बन्धमा देखिन सक्ने समस्याका कारण सरकार अप्ठेरोमा परेको हो । नेपालको संविधान र स्वाधीनताविपरीत एमसीसी छैन भन्ने सुनिश्चिततापछि मात्र सरकार यसलाई संसद्बाट अनुमोदन गराउने योजनामा छ । पढ्नेक्रम जारी राख्नुहोस्