Daily Archives: 07/09/2021

ओडीआई क्रिकेट : नेपाल र पपुवा न्यु गिनी आज खेल्दै


गोविन्द नेपाल
Nepal-vs-papua-new-guinea२१ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ । त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)आज हुँदैछ । नेपाल र पीएनजीबीच पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ११:१५ बजे ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

डाक्टरी पढ्न जुम्ला


एलपी देवकोटा
thumbजुम्ला — कुनै समय थियो– डाक्टरहरू कर्णाली जान मान्दैनथे । एक जना डाक्टर नपाउने त्यही कर्णालीको जुम्लामा यतिखेर डाक्टरी पढ्न विद्यार्थीको प्रतिस्पर्धा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक महिनाभित्र एमबीबीएस पढाइ थाल्ने भएको हो । एमबीबीएस पढ्न चाहनेसँग चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिइसकेको छ भने उत्तीर्ण विद्यार्थीलाई एक साताभित्र कलेज छनोट गर्न समय दिइएको छ । आयोगले यसअघि नै प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न २० जनाको कोटा निर्धारण गरिसकेको छ । एक/दुई साताभित्रै डाक्टरी पढ्न विद्यार्थी जुम्ला पुग्ने प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए । उनका अनुसार प्रतिष्ठानमा स्नातकोत्तर तहका एमडीजीपी, एमडी पिड्याटिक्स र एमडी एनेस्थेसिया कार्यक्रम सञ्चालन भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्