Daily Archives: 05/09/2021

मैत्रीपूर्णभन्दा माथिको खेल


राजु घिसिङ
Nepali-Players-Practice3_20191009134151काठमाडौँ — नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनल पार गरेको छैन । छिमेकी भारतको भने सबैभन्दा फितलो प्रदर्शन नै सेमिफाइनलमा रोकिनु हो, जुन एकपल्ट भएको थियो । फाइनलमा तीनपल्टमात्रै चुकेको भारत दक्षिण एसियाकै सर्वाधिक सफल टिम हो । यस क्षेत्रको महारथी नै हो भारत । तैपनि उसलाई बारम्बार नेपालले टक्कर दिने गरेको छ । फुटबलमा नेपाल र भारतको प्रतिस्पर्धा भनेपछि जोस नै अर्कै हुन्छ । खेलको रौनक, रोमाञ्च, आकर्षण नै विल्कुलै फरक हुन्छ । सीमावर्ती क्षेत्रमा भारतको हेपाह प्रवृत्ति र अनाहकमा लगाइएको नाकाबन्दीको कारण आमनेपालीमा भारतविरोधी मानसिकता बढिरहेको छ । यसले पनि यी दुई देशका टिमको फुटबल मैदानको प्रतिस्पर्धाले ध्यान खिच्न मलजल गरेको छ । आमनेपाली आफ्नो टिमले मैदानमा भारतलाई पराजित गरेको हेर्न चाहन्छन् । भारत पनि के कम ? आफ्नो प्रभुत्व कायमै राख्न चाहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्