गोविन्दराज नेपाल
१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । साफकै लागि भनेर नेपालले करिब ३ महिनादेखि निरन्तर तयारी गरिरहेको थियो । नेपालले पछिल्लो दुई साता र केही दिन भने कतारमा बन्द प्रशिक्षण गरेको थियो । माल्दिभ्स जानु अघिल्लो दिन नेपालले गल्फ राष्ट्र ओमानसँग कतारमा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । तर कतार युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल ७–२ ले पराजित भयो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: सेप्टेम्बर 2021
साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य
Posted in समाचार
एमालेले भन्यो : नेकपा एसलाई बोलाइएको सर्वदलीय बैठकमा आउँदैनौँ
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने एक शीर्ष नेताले जानकारी दिए । प्रधानमन्त्रीलाई आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराइसकेको पनि ती नेताले बताए । ‘प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसद्मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको बैठकमा जान मिल्दैन,’ ती नेताले भने । प्रधानमन्त्री देउवाले संसद्मा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
स्वदेशी राजनीतिले प्रवासी नेपाली विभाजित
ठूला दलले विदेशमा आफ्ना भ्रातृ संगठनमार्फत गतिविधि बढाउँदै लगे । पछिल्ला तीन महाधिवेशनयता त्यस्ता संगठन विस्तार भए । उनीहरुले आफ्नो विचार समूहलाई जिताउने गतिविधि गर्दा विवाद र झडप बढ्न थालेका छन् ।
होम कार्की
काठमाडौँ — पोर्चुगलको लिस्बनस्थित अलमेदा पार्कमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आधिकारिक नेतृत्वको विषयलाई लिएर असोज ९ मा दुई पक्षबीच भिडन्त भयो । तुरुन्तै स्थानीय प्रहरीले हस्तक्षेप गरेकाले दुई जना मात्रै घाइते भए । रवीन अधिकारी नेतृत्वको समूहले आफूहरू निर्वाचित भएको भन्दै आफ्नो नेतृत्वमा एनसीसी कार्यसमिति घोषणा गरेका थिए । चुनाव धाँधली भएको भन्दै बहिष्कार गरेका सोमफुरी शेर्पाले आफ्नै नेतृत्वमा एनआरएनएको अर्को समानान्तर समिति खडा गरे । दुवै पक्षले आ–आफ्नो आधिकारिकता दाबी गरेपछि उत्पन्न विवाद हात हालाहालसम्म पुग्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
NRNA कुवेतको नेतृत्वमा नेपाली दूतावास कुवेत र विभिन्न संघ संस्थाहरुबिच छलफल।
राम्रो दृष्टि/ २८ सेप्टेम्बर, कुवेत। हिजो NRNA कुवेतको नेतृत्वमा कुवेतका विभिन्न सक्रीया संस्थाहरु र नेपाली दूतावासबिच दूतावासकै सभागृहमा गम्भीर छलफल भएको छ। छलफलमा न्युनतम तलबमा कुवेतमा काम गरिरहेका नेपालीहरु कोरोनाका कारण लामो समयसम्म स्वदेशमै रोकिएको र उनिहरुलाइ पुन: रोजगारिमा फर्किन महङ्गो टिकटदर घटाउने, कुवेतमा पछिल्लो समय बढिरहेको लागू औषध ओसारपसार तथा मदिरा उतपादनमा संलग्न नेपालीहरुको संख्यालाइ न्यूनीकरण गर्ने, कुवेतमा नेपाली श्रमिकहरुको चापलाइ ध्यानमा राख्दै कुवेत एयरवेज वा अन्य कुनै पनि एयरवेजद्वारा सिधा उडानको लागि पहल गर्ने, कुवेतबाट अनलाइन श्रम स्वीकृति गराउने, लगाएत विभिन्न विसयमा गम्भीर छलफल भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पाइलटले भनिरहे– ‘मेरो जहाजको चक्का हेरिदेऊ’
दोस्रो पटकको प्रयासमा पनि एटीसीले ‘बायाँ र अगाडिको पाङ्ग्रा देख्यौं तर दाहिनेपट्टिको देखिएन’ भनेपछि क्याप्टेन आङ गेलु शेर्पाले काठमाडौं फर्किने निर्णय लिए
सुरज कुँवर
काठमाडौँ — काठमाडौंबाट विराटनगर उड्ने जहाजले कोसी टप्पु वन्यजन्तु आरक्ष कटेपछि विराटनगर टावरसँग अवतरण अनुमति माग्छन् । तर, सोमबार बुद्ध एयरको एटीआर जहाजले विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई धावनमार्गमा अवतरणको अनुमति मागेन । उल्टै पाइलटले एटीसीलाई अप्रत्याशित काम अह्राए, ‘हाम्रो जहाजको चक्का खुलेको छ कि छैन हेरिदेऊ ।’ विराटनगरबाट १० माइल परै रहेको जहाजले यस्तो सोधेपछि एटीसीले नाङ्गा आँखाले जहाजका पाङ्ग्रा खुले/नखेलेको हेर्ने प्रयास गरे तर देखेनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पर्यटन दिवसमा सहभागी हुन १२ देशका राजदूत सहित २५ सदस्य टोली पोखरामा
कृष्णमणि बराल
पोखरा : विश्व पर्यटन दिवसमा सहभागी हुन १२ देशका राजदूत सहित २५ सदस्य टोली पोखरा आएका छन्। पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिन विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणा मान्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको समन्वयमा विभिन्न देशका राजदूत र कुटनितिक नियोगका प्रतिनिधि पोखरा आएका हुन्। सोमबार ४१ औं विश्व पर्यटन दिवस मनाइँदै छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार