Daily Archives: 26/08/2021

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त


किशोर बुढाथोकी
bhim-acharya_20210826070242विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य बिहीबार नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले उनलाई आजै शपथ गराएको छ । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् । एमाले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्