मोहम्मद मोजिबुल्लाह, पत्रकार
“मेरो घर इच्छानाथ नगरपालिकामा पर्छ, सदरमुकाम गौरमा बसेर पत्रकारिता गर्छु । घटना हुनु एक दिनअघि मात्रै आमाबुवालाई भेटेर फर्किएको थिएँ । ‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो, प्रचार भएको छैन, विज्ञापन गरिदिनुपर्यो, आउनु न’ फोनमा मलाई भनियो । मैले आधा घन्टापछि आउँछु भनें । गुलाब भन्ने भाइलाई लिएर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलमा होटल गएँ । होटलको तल औषधि पसल छ, त्यहाँ मोटरसाइकल पार्क गर्यौं र होटलमा गएर फोटो भिडियो खिचें । विज्ञापन छाप्ने पनि कुरा भएपछि मैले निस्किन खोजें । तर, साहुले ‘दाइ, कहिल्यै आउनुहुन्न । खाजा खाएन जानु न’ भने । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/08/2021
लागूऔषध राखेर फसाइएका पत्रकारको बयान : मैले एउटा बोलें, प्रहरीले अर्कै टाइप गर्यो
Posted in समाचार
कहीँ मिलन, कहीँ बिछोड
१० बुँदे कार्यान्वयन भएपछि स्थायी कमिटीका १० नेता ओली नेतृत्वको मूलधारमा समाहित भएका छन् । गत पुसयता पहिलोपटक एउटै मञ्चमा उभिएर उनीहरुले ‘फोटो सेसन’ गरिरहँदा माधव नेपाल भने चन्द्रागिरि डाँडामा सहकर्मीहरुबीच ओलीसाग छुट्टिनुका कारण व्याख्या गर्दै थिए
बबिता शर्मा
काठमाडौँ — तत्कालीन नेकपाकै पाला चरमचुलीमा पुगेको विवादले अब बाटो तय गरेको छ । घनश्याम भुसालसहितका असन्तुष्ट नेताहरू अब अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले बलियो बनाउने पक्षमा लागेका छन् भने माधव नेपाल नेतृत्वको दलले ओलीइतरको वाम एकता बनाउने घोषणा गरेको छ । ओलीसँग असन्तुष्टि राख्दै आएका स्थायी कमिटीका १० नेताले एमालेको पुरानै सांगठनिक संरचनाका आधारमा अघि बढेर एकता प्रक्रियामा सहभागी भएको बताएका छन् । अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा सहभागी भएका फरक मत राख्ने नेताहरूलाई समेटेर बलियो पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार