कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापतिलाई


thumbकाठमाडौँ — नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय टोलीले सदस्यता विवादका विषयमा नीतिगत समझदारी जुटाएर प्रतिवेदन बुझाएको हो । अब सभापति देउवाले प्रतिवेदनअनुसार सदस्यताको सूची निर्वाचन आयोगलाई बुझाएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु हुन्छ । त्यसअघि तीन नेताले तय गरेको नीतिगत समझदारीलाई कार्यान्वयनमा लैजान लेखक संयोजक रहेको छानबिन समितिलाई जिम्मेवारी दिइएको छ ।

यता, संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि धर्ना बस्ने तयारी गरेका छन् । क्रियाशील सदस्यताको विवरण पार्टीको वेबसाइटमा इन्ट्री गर्दा धाँधली गरिएको उनीहरूको आशंका छ । सदस्यताको सूची सार्वजनिक भएपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.