८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् । पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उनको भनाइ छ । ‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/08/2021
माधव नेपाल भन्छन्- वार्ता र सहमतिको भ्रममा नपरौं
Posted in समाचार
कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापतिलाई
काठमाडौँ — नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय टोलीले सदस्यता विवादका विषयमा नीतिगत समझदारी जुटाएर प्रतिवेदन बुझाएको हो । अब सभापति देउवाले प्रतिवेदनअनुसार सदस्यताको सूची निर्वाचन आयोगलाई बुझाएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु हुन्छ । त्यसअघि तीन नेताले तय गरेको नीतिगत समझदारीलाई कार्यान्वयनमा लैजान लेखक संयोजक रहेको छानबिन समितिलाई जिम्मेवारी दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार