अगस्ट, कुवेत। कुवेतमा दुई हप्ता भन्दा लामो समयदेखी अलपत्र परेको शव पठाउन गैरआवसीय नेपाली संघ कुवेतद्वारा चालिएको आर्थिक संकलन अभियान समाप्त भएको छ। श्रम नगरी तेस्रो मुलुक हुँदै कुवेत आएर लामो समयदेखी अवैधानिक हैसियतमा घरेलु कामदारको रुपमा कार्यरत चौधरिले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/08/2021
कुवेतमा अलपत्र परेको द्रौपती चौधरीको शव पठाउन NRNA ले चालेको अभियान बन्द।
Posted in समाचार
आज जनैपूर्णिमा मनाइँदै
६ भदौ, काठमाडौं। आज श्रावण शुक्लपूर्णिमा । रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।
जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बसमा यात्रा गरिरहेकी आमाको मृत्युपछि नाबालक छोरालाई भुलाउन जब उनकै काखमा राखियो…
राजेन्द्र कार्की
जाजरकोट : शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ। उक्त तस्बिरमा रहेकी महिलाको नाम धर्माकुमारी बटाला हो। २८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका – ३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सत्तामा माधव नेपाललाई ‘उच्च प्राथमिकता’
आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा राजनीतिक र संवैधानिक नियुक्तिमा बेवास्ता गरिएका नेपाललाई देउवा नेतृत्वको गठबन्धनले मागेअनुसार दिन थालेको छ
बबिता शर्मा
काठमाडौँ — एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका छन् ।केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दै प्रतिनिधिसभाको पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा नेपालको जोखिमपूर्ण कदम निर्णायक रहेको भन्दै गठबन्धनले शक्ति बाँडफाँटमा महत्त्वका साथ अवसर दिन सुरु गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एनसिसि कुवेत र पत्रकार महासंघ शाखा कुवेत बिच अन्तरक्रिया सम्पन्न।
पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र गैर आवासीय नेपाली संघ कुवेत बिच भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।पत्रकार महासंघ शाखा कुवेत र एनसिसि कुवेतको अध्यक्ष नवराज पन्थी को अध्यक्षमा सम्पन्न समारोहमा एनसीसी कुवेतका अध्यक्ष रणध्वोज लामा,लगायत पदाधिकारी साथै पत्रकारहरु को उपस्थित रहको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपाल कुवेत सरोकार समाज कुबेतको तेस्रो महाधिवेशन यही आँउदो अगष्ट २७ तारिक।

Posted in समाचार