Daily Archives: 19/08/2021

देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य : कस्तो छ राजनीतिक पृष्ठभूमि ?


astalaxmi_20210819023525बागमती : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बोहरा) देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन्। नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छन्।

मुख्यमन्त्री शाक्यको पृष्ठभूमि

एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन्। काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनको धेरै समय राजनीतिमै बितेको छ। वि.सं २०५६ मा काठमाडौँबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा सदस्यसमेत थिइन्। उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीमा सफलतापूर्वक निर्वाह गरिन्। पढ्नेक्रम जारी राख्नुहोस्

एमाले विभाजन : ‘पर्खेर हेर्दै’ जनप्रतिनिधि


विगतमा नेपाल–खनाल समूहमा खुलेर लागेका नेताहरु अचानक पार्टी फुट्दा स्तब्ध
thumbकाठमाडौँ — नेकपा एमाले फुटको असर देशका सातै प्रदेशमा देखिएको छ । अधिकांश प्रदेशमा केपी शर्मा ओली पक्ष हावी देखिएको छ । कतिपय स्थानमा विगतमा माधवकुमार नेपालको समर्थनमा रहेका नेताहरू नयाँ पार्टीको पनि पक्षमा नखुलिसकेकाले फुटको स्पष्ट चित्र आउन केही दिन लाग्ने देखिएको छ । अहिलेकै अवस्थामा भने प्रदेश २ मा नेपाल पक्ष बलियो देखिएको छ भने लुम्बिनीमा सबभन्दा कमजोर । फुटलगत्तै अधिकांश प्रदेशमा एमाले मुख्यबाट सानो दलमा रूपान्तरित हुन पुगेको छ । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ मध्ये २ जना मात्र नेपाल समूहमा खुलेका छन् । पार्टी दर्ता र सरकारमा सहभागिता सुनिश्चित भए थप २ जना थपिने नेपाल समूहको दाबी छ । ओली समूहमा खुलेका, त्यहाँ असन्तुष्टहरूसँग नेपाल समूहका प्रदेश र केन्द्रीयस्तरका नेताले छलफल गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्