Daily Archives: 18/08/2021

काबुलबाट थप ४३७ नेपालीलाई उद्धार गरी बेलायत पुर्‍याइयो


होम कार्की
thumb (1)काठमाडौँ — ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो । ‘हाम्रा साथीहरूलाई मंगलबार बिहानदेखि नै काबुल विमानस्थलबाट ब्रिटिस सेनाले लैजान थालेको हो । मेरो चौथो लटमा मंगलबार तीन बजे मात्रै पालो आयो । त्यसपछि दुबईको विमानस्थलमा ल्याएर एक छिन राख्यो । अहिले बेलायत ल्याइपुर्‍याएको छ,’ एक नेपाली सुरक्षा गार्डले कान्तिपुरलाई भने, ‘अब यहाँबाट होटल लैजाने कुरा छ । मभन्दा अगाडि उडेका साथीहरू पनि होटलमै छन् । त्यसपछि नियमित उडानमार्फत काठमाडौं पठाउने सुनेका छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

अध्यादेशले सत्ता गठबन्धनभित्रै असन्तुष्टि, संविधानविद्को विरोध


सरकारले कोभिड महामारी, बढ्दो बेरोजगारी, थलिएको अर्थतन्त्र र अलपत्र पूर्वाधारलाई सम्बोधन गर्नेभन्दा एमालेको विभाजनलाई प्राथमिकतामा राखेको छ, संसद्लाई एउटा पनि कानुन बनाउन नदिई अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस गरिएको छ
कुलचन्द्र न्यौपाने
thumbकाठमाडौँ — सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपतिलाई सिफारिस गरेको छ । २०७७ वैशाखमा तत्कालीन समाजवादी पार्टी विभाजन गर्न केपी शर्मा ओलीले यस्तै अध्यादेश ल्याएका थिए । अहिले ओलीकै दल एमाले विभाजन गराउन शेरबहादुर देउवाले अध्यादेश सिफारिस गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्